४० औं राष्ट्रिय शिक्षा दिवस र ५३ औं अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा विराट मेडिकल कलेजको सहयोग

भाद्र, २३  विराटनगर। ४० औं राष्ट्रिय शिक्षा दिवस र ५३ औं अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा प्रदेश १ स्तरीय डिजिटल लिटर्सी कार्यक्रमको शुभारम्भ समारोहमा विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालले आवश्यक स्वास्थ्य डेक्स राखेर कार्यक्रममा सहयोग गरेको छ ।  

 नरग्राम नमूना स्कुलले आईतबार आयोजना गरेको कार्यक्रममा स्वास्थ्य डेक्स राखेर सहयोग गरेको हो ।  

उक्त कार्यक्रममा प्रदेशका १४ जिल्लाका शिक्षक, विद्यार्थी, अभिभावकहरुको उपस्थिति रहेको थियो । भने कार्यक्रममा प्रदेश १ का माननीय मुख्य मन्त्री शेरधन राई, सामाजिक मन्त्री जीवन घिमिरे लगायतका उच्च पदस्थ सरकारी कर्मचारीको उपस्तिथी रहेको थियो । 

 भने विराट मेडिकल कलेज शिक्षण अस्पतालका कम्युनिटी मेडिसिन विभागका असिस्टेन्ट प्रोफेसर डा. सूर्य पराजुली लगायतका स्वास्थ्य टिमको उपस्तिथी रहेको थियो । उक्त अवसरमा विराट मेडिकल कलेजले समय समयमा सो विद्यालयलाई पु¥याएको सहयोग साथै स्वास्थ्य कार्यक्रमको उच्च मूल्यांकन गर्दै  विद्यालयका प्राचार्य भिम बहादुर बस्नेतले धन्यवाद ज्ञापन गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *