एन आई सी बैंककोे नयाँ शाखा सल्यानको श्रीनगरमा

असाेज १, काठमाडाैँ ।  ग्रामीण तथा दुर्गम स्थानहरु साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एन आई सी एशिया बैंकको नयाँ शाखा सल्यानको श्रीनगरमा सञ्चालनमा आएको छ । 

सल्यान जिल्ला, शारदा नगरपालिका वडा नं १ स्थित श्रीनगर शाखा यही भाद्र ३१ गतेदेखि सञ्चालनमा आएको हो । बैंकले सञ्चालनमा ल्याएको यस श्रीनगर शाखाकोे समुद्घाटन शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले गरेका हुन् । श्रीनगर शाखा सञ्चालनमा आएसँगै सल्यान क्षेत्रका ग्राहक महानुभावहरुलाई यस बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ । 

यस बैंकले मुलुकभर २९८ शाखा कार्यालयहरु, ३५७ एटिएम, ६९ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग मार्फत् बैंकिङ्ग सेवा प्रदान  गर्दै आईरहेको छ ।  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *