स्याङ्जामा जीप दुर्घटना हुँदा ३ को मृत्यु २५ घाइते

भाद्र १८, बुटवल । बुधबार स्याङ्जाको गल्याङमा जीप दुर्घटना हुँदा ११ महिनाको बालिका सहित तीन जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।   

पाल्पाको हुँगीबाट स्याङ्जातर्फ जाँदै गरेको लु १ ज ३८४१ नम्बरको  जीप गल्याङ्बाट आएको जिपलाई साइड दिने क्रममा सडकबाट ३ सय मिटर तल खसेर दुर्घटना भएको हो ।   

२८ यात्रीे बोकेको उक्त जीपमा मृत्यु हुने वालिकाको नाम पनसन परियार रहेको छ भने अन्य दुई मृतकको परिचय खुल्न बाँकी रहेको गल्याङ प्रहरी चौकीका इन्सपेक्टर निरञ्जन घिमिरेले जानकारी दिएका छन् ।   

इन्सपेक्टर घिमिरेका अनुसार घाइते मध्य केहीको उपचार लुम्बिनी मेडिकल कलेल प्रवास र युनाईटेड मिसन अस्पतालमा भइरहेको छ भने केहीको  गल्याङ सामुदायिक अस्पतालमा सामान्य उपचार पछि घर फर्काइएको छ । 

प्रहरीका अनुसार हाल घटनाबारे अनुसन्धान भईरहेको छ ।   

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *