अपिको ५ प्रतिशत शेयर धितोपत्र बोर्डमा सूचिकृत

असोज २, काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको ५ प्रतिशत वोनश शेयर  सुचिकृत भएको छ ।  कम्पनीको १५ औं बार्षिक साधारण सभाबाट आर्थिक बर्ष २०७४/७५ को मुनाफाबाट पारित गरिएको ५ प्रतिशत वोनश शेयर (कर बाहेक) नेपाल धितोपत्र बोर्डमा सूचिकृत भएको हो ।   

कम्पनीको आज बसेको बैठकको निर्णय बमोजिम नेपाल धितोपत्र बोर्डमा शेयर दर्ता भएको कम्पनीले जनाएको छ । सो शेयर नेपाल स्टक एक्सचेन्जमा सुचिकरण पश्चत शेयरधनीहरुको डिम्याट खातामा पठाईनेछ । थप जानकारीका लागि कम्पनीको शेयर रजिष्ट्रार भिबोर क्यापिटलमा सम्पर्क गर्न सकिने जनाइएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *