एयर इन्डियाको विमान आँधीमा फसेपछि…
२०७६ असोज ५ गते

असोज ५, नयाँ दिल्ली । भारतको नयाँ दिल्लीबाट कोची हुँदै तिरुवन्तपुरम गइरहेको १७२ यात्री सवार एयर इन्डियाको विमान शुक्रबार आँधीमा फसेको छ ।
कोचीबाट त्रिवेन्द्रमका लागि उडान भरेको ए–३२१ विमान बीच बाटोमा आँधीमा फसेको हो ।
अहिले विमानलाई सुरक्षित ल्याण्ड गराइएको छ । यात्रुहरु सकुुसल छन् । विमानमा सामान्य क्षति पुगेको बताइएकको छ ।

विमानको आपत्तकालिन ल्याण्डिङ र निरीक्षणका कारण रिटर्न फ्लाइट करीब ४ घण्टा ढिला भएको थियो ।
-एजेन्सी
२०७६ असोज ५ गते
प्रतिक्रिया
सम्बन्धित








