छोरी जन्माउने परिवारलाई रकम उपहार

भाद्र २५, बिराटनगर ।   बिराटनगर महानगरपालिका जनस्वास्थय महाशाखाको आयोजनामा प्रथम छोरी जन्माउने परिवारलाई प्रोत्साहन स्वरुप बुधबार रकम वितरण गरेको छ ।   

गर्भमा छोरी रहेको थाहा हुनसाथ भुण हत्या  क्रममा वृद्धि भए पश्चात छोरी वचाउ अभियान थालिएको हो ।   

महानगरपालिकाले पहिलो छोरी जन्माउने ४३ जना दम्पतिलाई नगद रु तीन हजार रकम हस्तान्तरण गरेको छ ।  भने दोश्रो सन्तान छोरी जन्माउने ३६ जना परिवारलाई रु २५ हजार बैंकको अक्षकोषमा जम्मा गरि दिएको छ ।   

महानगरपालिकाले आर्थिक वर्ष ०७५/०७६  को  वार्षिक वजेट निति तथा कार्यक्रममा प्रोत्साहन रकम प्रदान गराउने निर्णय गरेको थियो । 

भने नगर उपप्रमुख इन्दीरा कार्कीले छोरी बचाउ अभियान र छोरी पढाउ अभियान सुरू भइसकेकाे र  स्कुलको छात्राहरु सँग “किशाेरीसँग उपप्रमुख”  आत्मरक्षा तालिम यही वर्षबाट सुरू भइसकेकाे जानकारी दिए ।   

आमालाई संरक्षण छोरीलाई उच्च शिक्षाका लागी र नारीलाई सक्षम बनाउनका निमित्त यो अभियान थालिएको उपमेयर कार्कीले बताए ।   

महागरपालिकाले प्रदान गरेको प्रोत्साहन रकम भत्ता लिनका लागि आमाको उमेर २० वर्ष पूरा हुनुपर्ने, गर्भको बेला कम्तिमा तीन पटक स्वास्थ्य जाँच अनिवार्य गरेको हुनुपर्ने लगायतका मापदण्ड तोकिएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *