‘नेताहरु कसले कति पैसा खाएका छन्, सबै बाहिर आउनुपर्छ’

असोज १, काठमाडौं । सत्तारुढ नेकपाका नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले भ्रष्टाचारका कुरा बाहिर आउनुपर्ने बताएका छन् ।   

बुधबार काठमाडौंमा आयोजित ‘जलविद्युत आयोजनाहरुको अवस्था र लगानी मैत्री वातावरण’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । निजी क्षेत्र मर्कामा पर्नुको मुख्य कारण भ्रष्टाचार रहेको उनले प्रष्ट पारे । 

‘मैँले तपाईँहरुको कुरा सुन्ने, तपाईँहरुको कुरा पुर्याइदिने । त्यो भन्दा बढी मैँले बोलेँ भने त्यहीँ नै एउटा ठुलो इस्यू बन्छ । त्यसैले म धेरै बोल्दिन । यो क्षेत्रको मुख्य समस्या भ्रष्टाचार हो । यो तपाईँहरु सबैलाई थाहा छ तर लुकाइरहनु भएको छ । नलुकाउनुस् । नेता, कर्मचारी, लोकल डनहरुमध्ये कसले कति पैसा खाए, खाने गरेका छन्, त्यो सबै आउनुपर्छ । कसैले मुक्ति पाउन सक्दैन’, उनले भने । 

Image result for नेकपा माधवकुमार नेपाल

उनले निजी क्षेत्रका लागनीकर्ताहरुले सरकारको मात्रै नभइ आफ्ना कमजोरीहरु पनि बताउनुपर्ने स्पष्ट पारे । उनले भने, ‘मैँले त निजी क्षेत्रभित्रका पनि केहीकेही कुरा सुनेको छु, कसरी तपाईँहरुले बढी मुल्यांकन गर्नुहुन्छ र बैंकबाट ऋण लिएर आफूले कम लगानी गर्नुहुन्छ । त्यो पनि मलाई थाहा छ, लुकाउनु पर्दैन । पाएको त तपाईँहरुले कसरी भन्नुहुन्छ ? भन्नुहुन्न ।’   

लगानीको प्रतिशत तिर्दातिर्दै पनि सरकारले भन्दा प्रतिमेगावट कम लागतमा उत्पादन गर्नु सराहनीय भएको औँल्याए । नीति राम्रो भएतापनि सबैले आफ्नो मात्र फाइदा हेरेर काम गरेका कारण यस क्षेत्रमा विभिन्न समस्या आएको उनको भनाइ छ । 

‘नीतिमा त राम्रै छ । निजी क्षेत्रलाई प्रोत्साहन दिने । तर निजी क्षेत्र प्रोत्साहित भएको छ कि छैन त ? त्यसमा त्यति ध्यान दिएको देखिँदैन ।  यसभित्रकै लगानी प्रवद्र्धन गर्ने । आन्तरिक लगानीलाई आकर्षित गर्ने, त्यसको निम्ति अनुकुल वातावरण तयार गर्ने कुराहरु पनि राम्रो छ । म प्रधानमन्त्री समक्ष यी कुराहरु राख्नेछु ।’ 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *