प्रकाश सपूत र रियासाको जम्यो जोडी (भिडियोसहित)
मकालु खबर
२०७६ भदौ १९ गते
भदौ १९, काठमाडौं । गायक प्रकाश सपूत र मोडल रियासा दाहालको जोडी जमेको छ ।
सुरज थापाको शब्द रहेको ‘लालुमै लालुमै’ बोलको गीतको म्युजिक भिडियोमा गायक प्रकाश र रियासाको जोडी जमेको हो । तारा थापा र विवेक थापाको स्वर रहेको गीत प्रिज्म स्टुडियोले रेकर्ड गरेको हो ।
पछिल्लो समय कलेज नेपालको आजकलको लब वेब सिरिजबाट युवापुस्तामाझ लोकप्रियता हासिल गरेकी रियासा भर्खरै मात्र मोडलिङमा छिरेकी हुन् । यसअघि ‘चिया भन्दा कित्ली गरम’ गीतमा उनी फिचर्ड थिइन् ।
‘बोलमाया’, ‘गलबन्दी’ जस्ता गीतबाट चर्चित गायकको रुपमा संगीत क्षेत्रमा आफ्नो छवि बनाएका प्रकाश सपूत र रियासाको जोडी जमेको देखिन्छ भिडियोमा ।
हेर्नुहाेस् भिडियाेः
मकालु खबर
२०७६ भदौ १९ गते
प्रतिक्रिया
सम्बन्धित