रोल्पामा बस दुर्घटना हुँदा २ को मृत्यु
फाइल फाेटाे
असोज १३, दाङ । सोमबार दिउँसो रोल्पामा बस दुर्घटना भएको छ । पूर्वी रोल्पाको लुंग्री खोलामा बस दुर्घटना हुँदा चालक सहित २ जनाको मृत्यु भएको छ ।
आशिर्वाद यातायातको ग १ ख ५५७३ नम्बर भएको उक्त बस दुर्घटना हुँदा चालक लुंग्री गाउँपालिका–३ जुतुङखोलाका २२ वर्षे यामबहादुर घर्ती र यात्रु लुंग्री गाउँपालिका–२ सिर्पका १९ वर्षे सूर्यलाल जीएमको मृत्यु भएको प्रहरीले जनाएको छ ।
खोलाको खोँचमा बस दुर्घटना भएकाेले दुईजनाको शव निकालिएपनि बसभित्र अरु यात्रु फसिरहेको वा नरहेको केही खुल्न नसकिरहेकाे प्रहरीले जनाएकाे छ ।
प्रहरीका अनुसार पानीको बहाव धेरै भएकाले उद्दारकार्यमा कठिनाइ भइरहेको छ । रुइनिबाङ बजारको जीप पार्कमा फर्काउने क्रममा बस सडक देखी बस २ सय मिटर तल सिधै खोलामा खसेर दुर्घटना भएकाे प्रहरीले जनाएको छ । घटनाबारे अन्य बिवरण भने आउन बाँकी नै रहेकाे छ ।