सिटिजन्स बैंकका अध्यक्ष भण्डारीद्वारा सपथ ग्रहण

असोज १२, काठमाडौं । सिटिजन्स बैंकको अध्यक्षमा मनोनित भएका राजन सिंह भण्डारीले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   

आज (आइतबार) नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रमका बिच गभर्नर डा. चिरञ्जीवी नेपालले अध्यक्ष भण्डारीलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् ।   

बैंकको असोज १० गते बसेको सञ्चालक समितिको ३१४ औँ बैठकले भण्डारीलाई सर्वसम्मतले अध्यक्षमा मनोनित गरेको थियो । बैंकको स्थापना कालदेखि पौष २०७५ सम्म प्रमुख कार्यकारी अधिकृतको रूपमा सफल कार्यकाल पुरा गरेका भण्डारीले आगामी ४ बर्षको कार्यकालका लागि आजैबाट पदभार ग्रहण गरेका हुन् ।   

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०७५–७६ मा रु. ७४ अर्ब १३ करोड निक्षेप संकलन गरेको छ भने रु. ६५ अर्ब ७ करोड ऋण प्रवाह गरेको छ । यस बैंकले सोही अवधिभित्र रु १ अर्ब ४६ करोड खुद मुनाफा आर्जन गरेको छ ।   

सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना ८२ वटा शाखा, ७९ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिब चार लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको म्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले जानकारी दिए ।   

  

                

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *