सनराइज बैंकको १२ औं वार्षिक उत्सवमा वित्तीय साक्षरता कार्यक्रम

असोज ८, काठमाडौँ । सन्राइज बैंकले आफ्नो  १२ औँ वार्षिक उत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।   

‘वित्तीय साक्षरता, हामी संगसंगै’ भन्ने नाराको साथ बैंकले असोज २ गते पेप्सीकोला  र अशोज ३ गते पोखरा शाखाबाट कार्यक्रमको सुरुवात गरेको थियो । 

त्यसैगरी बैंकले असोज १० देखि १५ गतेसम्म बिर्तामोड, मिरचैया, नेपालगञ्ज सुरखेत र लम्कीलगायत देशभर आफ्नो  विभिन्न शाखाहरुबाट वित्तीय साक्षरता कार्यक्रम गर्ने योजनाबनाएको छ ।   

null

बैंकले असोज महिनालाई १२ औं वार्षिक उत्सवपूर्ण महिनाको रुपमा मनाउन विभिन्न १२ विधामा देशभर कार्यक्रम गर्दै जाने जनाएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *