दलितलाई बिनाधितो ऋण सुविधा तर, कार्यान्वयन भएन

असोज ८, सुनसरी । दलित समुदायका लागि सरकारले उपलब्ध गराएको सहुलियत ऋण सुविधा आफूहरुले नपाएको उनीहरुले गुनासो गरेका छन् । दलित समुदायलाई स्वदेशमै उद्यमशीलतातर्फ अभिमुखिकरण गर्न आयोजित उद्यमशील लगानी सुनिश्चितता सम्बन्धी कार्यशालामा सहभागीहरुले यस्तो गुनासो गरेका हुन् ।   

कार्यशालामा सहजकर्ताहरुले उद्यम गर्न चाहने दलितलाई सरकारको सहयोगमा बिना धितो १५ लाख रुपैयाँसम्म ऋण पाउने जानकारी गराउँदा दलितसमुदायका व्यक्तिहरुले आफूहरुले यस्तो सुविधा नपाएको बाताए ।   

कार्यशालमा उद्योग वाणिज्य संघ सुनसरीका सचिव एवं  बराह ज्वेलरी धरानका प्रमुख मानबहादुर विश्वकर्मा, लक्ष्मी बैंकका प्रबन्धक आकाश राई लगायतले विदेशबाट फर्केका, सीप भएका र व्यवसाय गर्नस्कने दलित समुदायलाई बैंकले विना धितो १५ लाख रुपैयाँसम्म ऋण दिने बताएका थिए ।   

null

सहभागी धरान–८ का टिका मंग्रातिले दलितहरुलाई ऋण माग्दा पनि धितो खोज्ने र धितो नहुनेले पैसा नपाउँदा बेरोजगार भएको बताउँदै सुविधाका कार्यक्रमहरु आएपनि कार्यान्वयन नभएको गुनासो गरे ।   

धरान–१७ का रामकुमार पुर्कुटीले व्यवसाय सञ्चालन गर्न दर्ता गर्नुपर्ने, दर्तागर्दा तिर्नै नसक्ने कर लिने तर, कुनै राहत नदिएकाले आफू अन्यौलमा परेको बताउँदै दर्ता भएका दलित व्यवसायीहरुले पनि कुनै सुविधा नपाएको बताए । 

धरान उपमहानगरपालिकाको दलित विकास समितिले सीप भएका, उद्यम, व्यवसाय सञ्चालन गर्न चाहने दलित समुदायहरुका लागि सरकारी तथा वित्तीय संस्थाहरुले दिने बिनाधितो ऋणका बारेमा सहजीकरण गर्न कार्यशाला गोष्ठी आयोजना गरेको हो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *