विराटनगरमा डेंगुको संक्रमणबाट एक किशोरको ज्यान गयो

चैत्र २६, विराटनगर । विराटनगरमा डेंगुको संक्रमणबाट एक किशोरको ज्यान गएको छ ।  शिक्षा दिप कलेजमा कक्षा १२ मा अध्ययनरत १८ बर्षिय अविनाश शर्माको उपचारको क्रममा ज्यान गएको हो । 

भुमि प्रशासन चोकका फर्निचर उद्योग सञ्चालन गर्दै आएका राजकुमार शर्माको छोरा अविनाशलाई भदौ २० गतेबाट सामान्य ज्वरो आएको थियो । उनलाई सप्तकोशी अस्पतालमा उपचारका लागि लगिएको थियो । 

सामान्य ओपिडीमा चेकजाँच गरेपछि डेंगुको संक्रमण देखिएको थियो । पुनः २ दिन पछि ज्वरो र वान्ता हुन थालेपछि सोही अस्पतालमा भर्ना गरिएको मृतकका काका उमेश शर्माले जानकारी दिए । उनको २ दिनसम्म उपचारमा सुधार नआएपछि विराटनगरको गोल्डेन अस्पतालमा भर्ना गरिएको थियो । सप्तकोशी अस्पतालबाट मंगलबार गोल्डेन अस्पतालमा आईसियुमा भर्ना गरिएका उनको उपचारको क्रममा बुधबार विहान निधन भएको हो ।   

अस्पतालका फिजिसियन डा. अरविन्द साहले शर्मामा डेँगुको सक्रमण देखिएको बताए । वैशाख ३० गते धरानमा देखिएको यो रोग अहिले नेपालको ५६ वटा जिल्लामा फैलिइसकेको छ । यता प्रदेश नम्बर एकमा ३ तीन हजार ९ सय ८३ जनामा डेंगुको संक्रमण देखिसकेको छ । विद्यार्थीको असामायिक निधन भएको प्रति कलेजले बिहिवार सार्बजनिक बिदा दिएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *