रुपन्देहीमा दिन दहाडै गोली चल्योः एकको मृत्यु

भाद्र २९, बुटवल ।  आईतबार दिउँसो रुपन्देहीमा अज्ञात समूहको गोली प्रहारबाट एक ४० वर्षिय पुरुषको मृत्यु भएको छ ।   

रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ मा  ओमसतियाका ४० वर्षीय महेन्द्र कुर्मीको  अज्ञात समूहको गोली प्रहारबाट मृत्यु भएको हो ।   

स्थानीयले कुर्मी बैंकबाट रकम निकालेर आउँदै गरेका महेन्द्रलाई  बाइकमा आएका अज्ञात समूहले गोली हानी उनीसँग भएको लुटी फरार भएको प्रहरीले जानकारी दिएको छ ।   

Image result for गोली हानी हत्या

उनीहरुले महेन्द्र सँग भएको रकम पनि लुटेको स्थानीयलाई उदृत गर्दै प्रहरीले जानकारी दिएको हो ।   

रुपन्देहीका एसपी हृदय थापाका अनुसार महेन्द्रलाई कसले र किन गोली हानी हत्या गरेको कारण भने खुल्न नसकिएको घटनाबारे अनुसन्धान भईरहेको र घटनामा संलग्न व्यक्तिहरुको खोजीकार्य भईरहेको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *