हामी साँच्चै कम्युनिस्ट जस्ता छौँ त ? प्रचण्ड

असोज ६, काठमाडौँ । सोमबार सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  एक कार्यक्रममा पार्टी एकतापछि नेकपामा बैचारिक स्खलन आएको बताएका छन्। 

 नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित  नेतृ सहाना प्रधानको पाँचौं स्मृति दिवसको कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले  यस्तो बताएका हुन् ।  

उनले आफूहरुमा बैचारिक स्खलन आएको र कम्युनिस्ट आर्दशबाट विचलित हुँदै गएको बताका छन् । उनले खु्ला र प्रतिस्पर्धाको राजनीतिमा प्रवेश गरेपछि र सरकारको नेतृत्व गर्ने अवस्थामा पुगेपछि आफूहरुमा थाहै नपाई विचलन आएको बताएका हुन् 

उनले भने, ‘नाम त कम्युनिस्ट पार्टी नै छ । तर हामी साच्चै कम्युनिस्ट नै जस्ता छौं त अहिले रु’ उनले अघि भने, ‘भन्न त हामीले समाजवादीको यात्रा सुरु गर्ने भनेका छौं । के हामी समाजवादीको यात्राका निम्ति एउटा योद्धा जस्तै छौं त रु उनले आफूहरु पद र प्रतिष्ठाका लागि लड्ने, त्यसलाई बचाउनका निम्ति जनतामा भेद गर्दै गइरहेका कांग्रेस र निरंकुशतावादी जस्तो बनेको बताएका छन् । 

उनले भने कम्युनिस्ट भन्नासाथ लामो समयदेखि गरिब, उत्पीडित, न्याय, स्वतन्त्रता, समानताका निम्ति लडेको भनेर सम्झिएर जनताले भोट दिएको उनले बताए । प्रचण्डले अघि भने, ‘तर यसो व्यवहार, आचरण हेर्दा उस्तै-उस्तै देखियो नि ।’ 

अध्यक्ष प्रचण्डले नेतृ प्रधानलाई सम्झिँदै निरंकुशता र राणाशाही, तानशाहीका विरुद्ध अफ्ट्याराहरुका बावजुद पनि निरन्तर संघर्ष गर्ने उनी जस्तो महिलाको सम्मान गर्नु पर्ने बताए। 

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *