सनराइज बैंकको सुनवल शाखाद्धारा क्याम्पसलाई सहयोग प्रदान

असोज ५, नवलपरासी । सनराइज बैंकको सुनवल शाखाले सुनवल नगरपालिका वडा नं. ४ स्थित महाकवि देवकोटा क्याम्पसलाई ३२ हजार बराबरको शैक्षिक सामग्री सहयोग गरेको छ । 

क्याम्पसद्धारा आयोजित क्याम्पस सभा कार्यक्रममा सुनवल शाखाका शाखा प्रमुख प्रकाश खनालले सो क्याम्पस संचालक समितिका अध्यक्ष कृष्ण प्रसाद लामिछानेलाई उक्त सामान हस्तान्तरण गरे ।   

कार्यक्रममा संघिय संसद एवं पुर्व गृहराज्य मन्त्री देवेन्द्र राज कंडेल प्रमुख अतिथि तथा विशेष अतिथिमा सुनवल नगरपालिकाका मेयर भिमबहादुर थापा क्षेत्री (भरत) थिए ।   

कार्यक्रममा सुनवल क्षेत्रका प्रतिष्ठित सामाजिक क्षेत्रका व्यक्ति एवं बुद्धिजिवी लगायत समाजका अन्य विशिष्ठ व्यक्ति को उपस्थित रहेको थियो ।   

हालसम्म सनराइज बैंकले १२२ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ६ वटा एक्सटेन्सन काउण्टर र १४२ वटा एटिएम मार्फत् आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।   

साथै बैंकले आफ्ना सेवाहरू विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरूमा पनि थप शाखा संचालन गर्ने योजना रहेको जनाएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *