हिमालय दर्शन कलेज र एम पर्सेप्ट टेक्नोलोजी विच सहकार्य

भाद्र १८, विराटनगर १८ । विराटनगर स्थित हिमालय दर्शन कलेजले ललितपुरमा रहेको एम पर्सेप्ट टेक्नोलोजी नामक कम्पनीसँग साझेदारी गरेको छ । आईटी कलेजलाई पुर्णता र गुणस्तर वृद्दिका लागी कलेजले उक्त कम्पनीसँग साझेदारी गरेको हो । हिमालय कलेजले विराटनगरमा बुधबार एक कार्यक्रमको आयोजना गरी कम्पनीसँग साझेदारी गरेको जनाएको छ ।   

समझदारी पत्रमा कम्पनीका डाईरेक्टर सन्जीव उदास र हिमालय दर्शन कलेजका अध्यक्ष गुणराज ढुङ्गेलले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । साथै आगामी दिनमा विराटनगरलाई आईटी क्षेत्रको शिक्षाको केन्द्रभूमी बनाउने लक्ष्य राखेको छ ।   

साथै कलेजले यो वर्षको प्रथम सेमेष्टरमा वि आइ एम तर्फ नेपालभरी कै प्राईभेट कलेजमध्ये नम्बर १ तथा समग्रमा शंकरदेव क्याम्पस काठमाडौ पछि दोस्रो नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान तथा मायाको चिनो प्रदान गरेको छ । हिमालय दर्शन कलेजले गत वर्षदेखि मेरिल्याण्ड कलेज र शिक्षादीप कलेजसँग व्याचलर तहका शैक्षिक कार्यक्रमहरुमा सहकार्य गर्दै आएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *