सर्पको टोकाईबाट महिलाको मृत्यु
२०७६ भदौ १९ गते

भाद्र १९, रोल्पा । रोल्पामा एक ६५ वर्षिय महिलाको सर्पको टोकाईबाट मृत्यु भएको छ ।
रोल्पाको सुनिल स्मृति गाउँपालिका–२ खुग्रीकी ६५ वर्षीया तारा भारती घाँस काट्ने क्रममा सर्पको टोकाईबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्युठानका प्रहरी प्रमुख डिएसपी नरेन्द्र कुमार कार्कीका अनुसार सर्पको टोईबाट गम्भिर घाइते भएककी भारतीको उपचारको क्रममा प्युठानको एक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो

२०७६ भदौ १९ गते
प्रतिक्रिया
सम्बन्धित








