अब वीपी प्रतिष्ठानका ज्यालादारी कर्मचारीलाई सरकारले तोकेकै पारिश्रमिक

असोज १०, धरान । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका दैनिक ज्यालादारी कर्मचारीहरुले नेपाल सरकारले तोकेको न्युनतम पारीश्रमिक पाउने भएका छन् । 

प्रतिष्ठानले अब त्यहाँ कार्यरत दैनिक ज्यालादारी कर्मचारीलाई नेपाल सरकारले तोकेको न्यूनतम पारीश्रमिक दिने भएको हो । सरकारले गत बर्षदेखि नै लागु गरेको न्युनतम पारीश्रमिक ५१७ रुपैयाँ प्रतिष्ठानले ज्यालादारी कर्मचारीलाई उपलब्ध गराउने प्रतिष्ठानका निमित्त उपकुलपति प्रा.डा. गुरु खनालले बताए ।   

हिजो प्रतिष्ठानका निमित्त उपकलपति डा.खनालले आगामी कार्यकारिणी समितिबाट अनुमोदन गर्ने गरी दैनिक ज्यालादारी कार्यरत कर्मचारीहरुको हकमा निर्णय गरे । ‘विगतमा पनि यो विषय उठिरहेको थियो, आउँदो कार्यकारिणी समितिबाट पारित हुनेगरी ज्यालादारी कर्मचारीलाई नेपला सरकारबाट प्राप्त हुने न्यूनतम पारिश्रमिक दिइनेछ ।’ निमित्त उपकुलपति डा. खनालले भने ।   

null

नेपाल सरकारले गत २०७५ भदौ १ गतेदेखि लागु हुने गरी दैनिक ज्यालादारीको पारिश्रमिक ५१७ निर्धारण गरेको भएपनि प्रत्रिष्ठानका  जलादारी कर्मचारीहरुले भने दैनिक ३९५ रुपैंया मात्र पाउँदै आएका थिए । प्रतिष्ठानमा कार्यरत दैनिक ज्यालादारी कर्मचारी र अन्य कर्मचारी संगठनले बुधबार निमित्त उपकुलपति र अस्पताल निर्देशकलाई भेट गरी न्यूनतम ज्याला दशैं अघि नै लागु गर्न भनेका थिए ।   

अब प्रतिष्ठानका ज्यालादारी कर्मचारीले दैनिक ५१७ रुपैयाँको दरले पारिश्रमिक पाउनेछन् । गत वर्ष ३९५ रुपैयाको दरले ज्याला लिएकाहरुले दैनिक हाजिरीको हिसाब गरेर बाँकी १२२ रुपैया बर्षभरिको समेत पाउने भएका छन् । प्रतिष्ठानका निमित्त उपकुलपति डा.खनालले प्रतिष्ठानका कर्मचारीको हित प्रतिष्ठानको विकासका लागि आफुले आफ्नो क्षेत्राधिकार भित्र पर्ने सबै कुरा गर्ने प्रतिबद्धता जनाए । ‘विगतको इतिहासमा देखिएका विक्रिति विसंगतिलाई चिरेर अब प्रतिष्ठानलाई सुधार्न जरुरी छ । त्यसका लागि हामी प्रतिबद्ध छौं ।’ डा. खनालले भने । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *