अनामनगर र सौराहामा एनआईसी एशिया बैंककोे नयाँ शाखा

असोज १३, काठमाडौं । एनआईसी एशिया बैंकको दुई नयाँ शाखाहरु काठमाडौंको अनामनगर र चितवनको सौराहामा आज (सोमबार) देखि सञ्चालनमा आएको छ ।   

काठमाडौं महानगरपालिका वडा नं. २९ अनामनगरस्थित अनामनगर शाखाकोे उद्घाटन लोक सेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीले गरे । त्यस्तै चितवन जिल्ला, रत्ननगर नगरपालिका वडा नं. ६ स्थित सौराहा शाखाको उद्घाटन रत्ननगर नगरपालिकाका मेयर नारायण वनले गरेका थिए । 

 बैंकले हाल मुलुकभर रहेको ३०१ शाखा कार्यालयहरु, ३६३ एटिएम, ७० वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।  बैंकमा करिब १८ लाख ग्राहक रहेको नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेले जानकारी दिए ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *