मुद्दा मिलाइदिने बहानामा घुस माग्ने जिल्ला अदालतका सवारी चालक रंगेहात पक्राउ

भदौ २७, सिराहा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत सिराहाका सवारी चालक बृज मोहन यादवलाई रंगेहात पक्राउ गरेको छ ।  अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले यादवलाई १ लाख १० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।   

यादवले अदालतमा विचाराधिन लागुऔषध सम्बन्धी मुद्दा मिलाईदिन्छु भनि सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा यादवलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।   

उनलाई घुस वापतको रकम लिइसकेको अवस्थामा सिराहा नगरपालिका वडा नं.७ हस्पिटल चोकस्थित खडग होटलबाट  नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *