सिटिजन्स बैंकद्वारा नशारहित समाज नेपाललाई आर्थिक सहयोग प्रदान

असोज ५, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लागुऔषधको दुर्व्यसनमा परेका व्यक्तिहरुलाई यस कुलतबाट छुट्कारा दिलाउँदै आएको नशारहित समाज नेपाललाई १ लाख १ हजार सहयोग प्रदान गरेको छ ।   

‘योर पार्टनर फर प्रोग्रेस’ भन्ने नारालाई आत्मसाथ गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिङ सेवा पुर्याउँदै आएको सिटिजन्स बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत उक्त संस्थालाई एक लाख एक हजार आर्थिक सहयोग गरेको हो ।   

बैंकले उक्त रकम बराबरको चेक संस्थाका संचालक सोनाम शेर्पालाई हस्तान्तरण गरेको छ । उक्त सुधार गृहमा हाल २४ जना  लागूऔषध दुर्व्यसनमा फसेका युवाहरू उपचारको क्रममा रहेका छन् ।   

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८२ वटा शाखा, ७९ वटा एटिएम र १०१ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको बैंकले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *