बच्चालाई पखला लाग्ने कारण र बचाउने उपाय

असाेज ८ । बच्चाको उमेर संवेदनशील उमेर हो । रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले पनि यो उमेरमा थोरै मात्र प्रतिकुल समय हुदा रोग लाग्न सक्छ । मौसम परिवर्तन हुने समयमा बच्चाहरुमा झाडापखलाको जोमिख उच्च रहन्छ ।   

बाल रोग विशेषज्ञ डा.सुजय बर्माका अनुसार बच्चालाई पखला लाग्ने कारण र बचाउने उपाय यस्ता छन् :   

दिसा वारम्वार गाडा वा सेतो पानी जस्तो पातलो हुनुलाई पखला लाग्नु भनिन्छ । पखलालाई धेरैले सामान्य रुपमा लिन्छन् । तर बालबालिकामा पखला धेरै मात्रामा लाग्यो भने शरीरलाई आवश्यक पर्ने पानीको मात्रा कम हुन जान्छ र उनीहरुको ज्यानै जान सक्ने खतरासम्म हुन्छ । त्यसैले पखला लाग्नुलाई सामान्य रुपमा लिनु हुँदैन । मौसम परिवर्तनको समयमा यस्तो समस्या बालबालिकामा बढी हुन्छ । 

Related image

पखाला लाग्ने कारण :   

१. बासी फोहोर खाना खानु ।   

२. ढुसी परेका खानेकुरा खानु ।   

३. दुषित पानी वा दुध पिउँनु ।   

४. पेटमा जुगा पर्नु । 

५. दिसा गरे पछि राम्रोसँग हात नधुनु । 

६. प्रदुषित वातावरण ।   

पखला लाग्दा देखिने लक्षण :   

१. पेट दुख्ने ।   

२. जिब्रो सुख्खा हुने ।   

३. तिर्खा बढी लाग्ने ।   

४. शरीर आलस्य हुुने ।   

५. हिड्डुल गर्न गाह्रो हुने ।   

बच्चाहरुलाई पखाला लाग्दा प्रशस्त झोलियो कुरा खुवाउँनु पर्छ । जीवन जलको साथै सफा चामल भए चौलानी, गेडागुडीको रस, कागती पानी, फलफूलको जुस, काक्रो लगाएतका झोलियो कुरा खुवाउनु पर्छ ।  बच्चाहरुले जति मात्रामा पखला गर्छन्, त्यसको दोब्रर झोलियो कुरा खुवाउँनु पर्छ ।  

अन्यथा शरीरमा पानीको मात्र कमी भई जलबियोजन लगाएतका समस्या आउँन सक्छ ।  पखाला लाग्दा दुध, चिया, कफी तथा फ्रिजमा राखेको खानेकुरा नखुवाएकै राम्रो मानिन्छ । पानी उमालेर मात्र पिलाउनु पर्छ ।  बच्चाहरुमा धेरै समयसम्म पखला लागिरहे शरीरमा पानीको साथै लवणहरु कमी हुनाले तुरुन्त चिकित्सकसँग परामर्श तथा नजिकको अस्पताल लानु पर्छ । एजेन्सी    

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *