म्याक्स अस्पतालको लापरवाहीको कारण बिरामीको मृत्यु

असोज १२, विराटनगर । विराटनगरको म्यास्क अस्पतालमा एक जनाको मृत्यु भएको छ । 

 भारतको विहार स्थित किसनगंजका ३२ वर्षिया सुबोध शाहको मृत्यु उपचारको क्रममा निधन भएको हो । केहि दिन अघि घरमा खाना पकाउने क्रममा ग्यास सिलिन्डर पड्किँदा सुबोध लगायत उनका २ वर्षिया छोरा चञ्चल  शाह र भाई प्रमोद शाह घाईते भएका थिए ।  घाईते भएका तिनै जना वि.पि कोइराला विज्ञान  प्रतिष्ठानबाट भदौ २० गते विराटनगर स्थित म्याक्स अस्पतालमा रेफर गरिएको थियो । 

विरामीको स्वास्थ्य अवस्था शुक्रबार सम्म ठिक रहेको र चिकित्सकहरुले पनि बिरामीको स्वास्थ्य  पहिले भन्दा सुधार आएको जानकारी दिएको  थियो मृतकका आमा भारती शाहले बताईन् ।  

शनिबार बिहान ११ बजे नै मृत्यु भएका सुबोधको ९ बजे राती मृत घोषणा  गरेको मृतकका आफन्त हरी नारायण शाहले बताए । अस्पतालको चरम लापरवाहीका  कारण सुबोधको मृत्यु भएको मृतकका आफ्नतको दाबी  छ । घटनाको विषयमा अस्पताल चियरमेन सत्रुधन यादव मौन रहेका छन् ।   

शुक्रबारसम्म अस्पतालले  ५०%  स्वास्थ्य सुधार भईसकेको भने पनि अकस्मत उनको मृत्यु हुनुमा अस्पतालको लापरवाही रहेको आफन्तहरुले आरोप लगाएका छन् । हाल सम्म अस्पतालाई १५ लाख भन्दा बढी रकम बुझाईसकेको तर अस्पतालमा रहेका फार्मेसीका कर्मचारीबाट अपमानित हुनु परेकाे मृतकका आफन्त शाहले बताएका छन् ।   

मृतक सुबोध शाहलाई सुरुवातमा डा. रामाशंकर यादवले हेर्दे आईरहेको भए पनि उनको अनुपस्थितिमा हाल डा. इक्बाल अहमदको नेतृत्वमा उपचार हुदैँ आईरहेको  थियो । उनको पेटको दाहिने भाग अपरेसन गरेको र शुक्रबार राति देखि स्वास्थमा खराब भएको कारण उनलाई भेन्टिलेटरमा राखेर उपचार हुँदै आईरहेको थियो ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *