एनआईसी एशिया बैंकका ग्राहकहरुलाई भाटभटेनी सुपरमार्केटमा दशैं–तिहारमा विशेष छुट


असोज ५, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र भाटभटेनी सुपरमार्केटबीच दशैँ–तिहारमा विशेष छुट दिने सम्झौता भएको छ ।
सम्झौतासँगै बैंकका ग्राहकहरुले बैंकको डेबिट एवं क्रेडिट कार्ड मार्फत् लत्ताकपडा तथा जुत्ता खरिद गर्दा प्रत्येक खरिदमा १५ प्रतिशत रकम वा अधिकतम एक हजारसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
यसका साथै यस बैंकमा खाता नभएका इच्छुकहरुले भाटभटेनी सुपरमार्केटमा रहेको एनआईसी एशिया बैंकको स्टल तथा प्रतिनिधिमार्फत् नयाँ खाता खोल्न र इन्स्ट्यान्ट कार्ड प्राप्त गर्न सक्नेछन् ।
सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र भाटभटेनी सुपरमार्केटको तर्फबाट सुपरमार्केटका अध्यक्ष मीन बहादुर गुरुङज्यूले हस्ताक्षर गरे ।
आश्विन ८ गतेदेखि कात्र्तिक १६ गतेसम्म लागू हुने यो योजनाबाट ग्राहकहरुले चाडपर्वको समयमा अधिकतम लाभ लिने बैंकको विश्वास छ ।
बैंकले हाल मुलुकभरका २९८ शाखा कार्यालयहरु, ३५९ एटिएम, ७० वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकका करिब १८ लाख ग्राहकहरू रहेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले जानकारी दिए ।
