‘म पटक–पटक मरेर बाँचेको छु’

असोज ३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नाफाको जिन्दगी बाँचिरहेको बताएका छन् । शुक्रबार संविधान दिवसका अवसरमा टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधामन्त्री ओलीले यस्तो बताएका हुन् ।   

उनले भने, ‘धेरै पटक भनेको छु, मैँले मृत्युलाई नजिकैबाट देखेको छु । जनबोलिमा भन्नुपर्दा पटक–पटक मरेर बाँचेको छु । म जस्तै मेरो टिममा रहेका धेरै साथीहरु यस्तै नाफाको जिन्दगी बाँची रहनु भएको छ ।’ 

यस्तै उनले मुलुक बनाउनका लागि आफूले पटक–पटक आफैँसँग प्रश्न गर्ने गरेको बताए । उनले भने, ‘ मैँले आफैँसँग पटक–पटक प्रश्न गर्ने गरेको छु– आधा शताब्दी अघि कलिलै वयमा आफ्ना दौंतरीहरु सँगै घरबार छोडेर हिँडेको के का लागि ?, जवाफ पाउने गरेको छु– मुलुक बनाउनका लागि । तपाईं हाम्रा साझा सपना पूरा गर्नका लागि । यी सबै संघर्षहरुमा मेरो संलग्नता कुनै दिन प्रधानमन्त्री पदको विज्ञापन खुल्ला र निवेदन गरौंला भनेर किमार्थ थिएन ।’ 

Image result for प्रधानमन्त्री ओली

मुलुक बन्ने ठोस आधारहरु भएको भन्दै प्रम ओलीले अब मुलुकले काँचुली फर्ने बताए । ‘अहिले हामीलाई जनसाङ्ख्यिक लाभ पनि छ । हाम्रो जनसंख्यामा ३४ वर्ष मुनिको संख्या– ६५.५ प्रतिशत छ । १४ वर्ष मुनीका ३४.८ प्रतिशत किशोररकिशोरीहरुको संख्यालाई कटाउने हो भनेपनि १५ देखि ३४ वर्ष उमेर समूहका सक्रिय युवा संख्या ३०.५ प्रतिशत छ । ६५ वर्ष माथिका पाका नागरिकको जनसंख्या त जम्मा जम्मी ४ प्रतिशत मात्रै छ । मलाई यसैमा हतारो छ । यो युवा पंक्ति छिप्पिनु अघि विकासको तीब्र गतिको दौड पूरा गर्नुपर्छ । तब मात्रै गणतन्त्र पछिको नेपाली पुस्तालाई भाग्यमानी पुस्ता बनाउन सकिन्छ’, उनले भनेका छन् ।   

उनले आफूलाई सामाजिक सञ्जालमा विना मुद्दाका विषयवस्तुमा हुने परिणामहीन बहसमा समय बिताइरहेका केही फुर्सदिला युवा पंक्तिको पनि चिन्ता भएको बताए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =