आजको मौसम: पहाडी भेगमा चट्टयांगसहित भारी वर्षा हुने, नदी आसपासमा सतर्कता अपनाउन आग्रह

भदौ १८, काठमाडौँ । मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी भू-भागमाऔसत स्थानभन्दा केहि माथि र अन्य ठाउंमा औसत स्थान आसपास अवस्थित छ । साथै बंगालको खाडीको उत्तर – पश्चिमि भागमा एउटा न्युन चापीय प्रणाली बनेको छ | देशभर सामान्यदेखि पूर्णतया बदली भई केही स्थानहरुमा मेघ गर्जनसहित हल्कादेखि मध्ययम वर्षा भईरहेको छ। 

देशभरी आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्टयांगसहित वर्षाकासाथै पहाडी भेगका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना भएका कारण पहाडि भू-भागमा पहिरोको  जान सक्ने साथै नदीमा पानिको वहाव बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन अनुरोध जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । 

आगामी तीन दिनको मौसम पूर्वानुमान  

null

भाद्र १८  गते (बुधबार) 

दिउँसो: देशभरी आंसिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन/चट्टयांगसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ। पहाडि भेगका १-२ स्थानहरुमा भारि वर्षाको संभावना रहेको छ। 

राति: देशभरी सामान्य बदली रही पश्चिम र मध्यका अधिकांश साथै पुर्वका केहि स्थानहरुमा मेघगर्जन/चट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।साथैपश्चिम र मध्यका १-२स्थानहरुमा भारी वर्षाको सम्भावनादेखिन्छ | 

भाद्र १९गते (बिहिबार) 

दिउँसो: देशभरी आंसिकदेखि सामान्य बदली रही पूर्व र मध्यका पहाडी तथा पश्चिमि भेगका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयांगसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ। 

रति: देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। साथै पश्चिम पहाडी भेगका एक वा दुईस्थानमा भारी वर्षाको सम्भावना देखिन्छ | 

भाद्र २० गते (शुक्रबार) 

दिउँसो: देशभरी आंसिकदेखि सामान्य बदली रही पहाडि भेगका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।  

रति: देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।साथै पश्चिमि पहाडी भेगका एक वा दुईस्थानमा भारी वर्षाको सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 18 =