बिनिता बराल आमा बन्दै, सार्वजनिक गरिन् गर्भाअवस्थाको फोटो

असोज ९, काठमाडौँ  । चलचित्र ‘चपली हाईट’बाट चलचित्र क्षेत्रमा डेब्यु गरेकी नायिका बिनिता बरालले आफू आमा बन्न लागेको कुरा सार्वजनिक गरेकी छिन् ।   

बिहिबार सामाजिक संजाल फेसबुमा आफ्नो गर्भवती अवस्थाको २ वटा फोटो पोष्ट गर्दै आफू आमा बन्न लागेको कुरा सार्वजनिक गरेकी हुन् ।   

आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा सप्राइज ! सप्राइज !! भन्दै विनिताले ‘सानी बिनिता’ आँदैछिन् भनेर फोटो पोस्ट गरेकी छिन् । उनले जसरी सानी बिनिता आँदैछिन् भनेर फाेटाे पाेष्ट गरिन् यस अर्थमा याे भन्न सकिन्छ की उनकाे गर्भमा छाेरा नभइ छाेरी नै छिन् ।   

चलचित्र क्षेत्रमा भविष्य नदेखेपछि अध्ययनको लागि अमेरिका हानिएकी बिनिताले अमेरिका मै करिब चार महिना अघि मात्र प्रेमी  तिलक पौडेलसँग बिवाह बन्धनमा बाँधिएकी थिईन् ।   

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *