गुल्मीमा जिपको ठक्करबाट वडाध्यक्ष घाइते

भाद्र २५, बुटवल । गुल्मीमा जिपले  मोटरसाइकललाई ठक्कर दिंदा जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–२ का वडाध्यक्ष  उदयबहादुर थापा घाईते भएका छन् ।   

बुधबार दिउँसो वडाअध्यक्ष सवार लु ४१ प ३९०३ नम्बरको मोटरसाइकललाई बा १८ च १०४४ नम्बरको जिपले ठक्कर उनी घाइते भएका हुन् ।   

उनकालाई  ठक्कर दिने जिप र चालकलाई पक्राउ गरि सकिएको गुल्मीका प्रवक्ता डिएसपी मिनबहादुर घलेले जानकारी दिएका छन् ।   

डिएसपी  घलेका अनुसार  जिपको ठक्करबाट घाइते भएका वडाध्यक्ष थापाको गुल्मी अस्पतालमा उपचार पछि थप उपचारको लागि पाल्पा पठाइएको छ 

प्रहरीका अनुसार मोटरसाइकलमा घर आउँदै गर्दा वडाध्यक्ष थापालाई उक्त जिपले  उदिनढुगांमा ठक्कर दिएको थियो ।  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *