अज्ञात समूहद्वारा युवकमाथी गोली प्रहार

असोज ६, राजविराज । सप्तहरीमा गएराती करिब ८ बजेको समयमा एक अज्ञात समूहले २५ वर्षिय युवा माथी गोलि प्रहार गरेकाे छ । 

अज्ञात समूहको गोली प्रहारबाट डाक्नेश्वर नगरपालिका–७ जाने क्रममा २५ वर्षीय भगवती मण्डल घाईते भएका हुन् ।   

राजविराजबाट आफ्नो घर जाने क्रममा उनीमाथी गोली प्रहार गरिएको सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिएका छन् । हाल उनको उपचारको लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेकाे प्रहरीले जनाएको छ ।   

Image result for गोली प्रहार

घाइते मण्डलकोे बायाँ पाखुरामा गोली लागेको छ भने उनलाई गोली प्रहार गर्ने अज्ञात समूहको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।   

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *