वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान गर्न सरकार गम्भीर छः स्वास्थ्यमन्त्री यादव

भदौ २५, धरान । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगतमा देखिएको समस्या भविष्यमा नदेखिने गरी सरकारले समाधान चाहेको बताएका छन् । 

वीपी कोइरालाको १०५ औं जन्मजयन्ती तथा वीपी  प्रतिष्ठानको २६ औं बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले प्रतिष्ठानको समस्या समाधान गर्न सरकारले प्रक्रिया पनि अघि बढाइसकेको बताए ।   

‘विगतको समस्या भविष्यमा नदेखिने गरी समाधान गरौं । सरकार समाधान चाहन्छ र यसको लागि प्रक्रिया पनि अघि बढीसकेको छ ।’ मन्त्री यादवले भने ।   

null

प्रतिष्ठान सञ्चालनमा जटिल समस्या देखा परेको भन्दै मन्त्री यादवले सबै मिलेर नै समाधान गर्नुपर्नेमा जोड दिए । प्रतिष्ठानलाई सुधार गर्न राम्रो समझदारी र सहकार्य आवश्यक भएको पनि मन्त्री यादवको भनाइ थियो ।   

सरकारले प्रत्येक वडामा स्वास्थ्य चौकी, गाउँपालिकामा अस्पताल र प्रत्येक प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठान र ट्रसरी अस्पताल बनाउने पनि बताए ।   

सोही कार्यक्रममा प्रदेश नं १ का सभामुख प्रदिपकुमार भण्डारीले प्रतिष्ठानको अवस्थाबारे संघीय सरकारको ध्यानाकर्षण गराउदै समाधानको लागि गम्भीर हुन आग्रह गरेका थिए । उनले स्वास्थ्य उपचार सेवा, शिक्षण गुणस्तरीय बनाउनतर्फ सरकारले ध्यान दिनुपर्ने बताए ।   

 कार्यक्रममा प्रतिष्ठानका निमित्त उपकुलपति प्रा.डा.गुरुप्रसाद खनाल, प्रदेश १ का प्रमुख गोविन्द तुम्बापो, प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साह, अमेरिकास्थित बासिङटन डिसी युनिभर्सिटीका प्रा.डा. रामानन्द लक्ष्मी नारायणलगायतले सम्बोधन गरेका थिए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *