अन्ततः अमेरिकाको भिषा पाएरै छाडे क्रिकेटर सन्दिपले

 

साउन २८, काठमाडौँ । युवा क्रिकेटर सन्दीप लामिछानेको क्यारेबियन प्रिमियर लिग २०१९ खेल्न जान पाउने भएका छन् । 

क्यारेबियन प्रिमियर लिग २०१९ खेल्न जानको लागि अमेरिकाको भिषा अप्लाई गरेका लामिछानेको भिषा अमेरिकी दूतावासले अस्वीकृत गरेपछी उनी निकै तनावमा थिए । 

null

 आफूले भिषाको लागि आवश्यक पर्ने सम्पूर्ण कागजात पेश गर्दा पनी भिसा अस्वीकृत भएकोमा आफू अचम्ममा परेको भन्दै  उनले नेपालका प्रधानमन्त्री र अमेरिकी दूतावासलाई मेन्सन गर्दै ट्वीट पनि गरेका थिए । 

उनले ट्वीट गरे लगतै उनलाई काठमाडौंस्थित अमेरिकी दूतावासले बिहान साढे ११ बजेतिर भिसा सम्बन्धी निर्णय ‘रिभ्यू’ गर्नका लागि भन्दै पुनः बोलाएको थियो । ‘रिभ्यू’ पछि दूतावासले उनलाई भिसा दिएको हो । 

मंगलबार बिहान उनको भिषा अस्वीकृत भएपछी निकै ठूलै खैलाबैला मच्चिएको थियो ।  भिषा अस्वीकृत गरेको चार घण्टा बित्न नपाउँदै उनको अमेरिका जाने भिषा स्वीकृत भएको हो । 

अहिले लामिछाने अमेरिकामा हुने क्रिकेट प्रतिस्पर्धामा सहभागी हुनका लागि अमेरिका जाने तयारी गरिरहेका छन् । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *