विमान दुर्घटनामा सवार सबैकाे मृत्यु

भाद्र ८ । इक्वेडरको अमेजन क्षेत्रमा एउटा सानो आकार केसन–१८२  जहाज दुर्घटना भएको छ ।   

दुर्घटनाका क्रममा विमानमा सवार सबै चार जनाको मृत्यु भएको छ । त्यहाँको प्रशासनले शनिबार यसको जानकारी दिएको छ ।   

नागरिक उड्यन प्राधिकरणका अनुसार जहाजमा एक पाइलट र तीन यात्रु सवार थिए ।  दुर्घटनाको कारण तत्काल थाहा नभएको भए पनि यसको लागि अनुसन्धान सुरु गरिएको छ ।   

Image result for विमान दुर्घटना

जहाज शुक्रबार मोरोना स्यान्टियागो र जमोरा चिनचिपेको सिमाना नजिक झरेको थियो ।  सैन्य अधिकारी र अन्य खोजकर्ताले शनिबार घण्टा लामो खोज अभियानपछि शव फेला पारेका थिए ।  एजेन्सी  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *