सुनको भाउ ह्वातै बढ्यो, अझै बढ्न सक्ने सम्भावना


भाद्र ९, काठमाडौँ । कहिले घट्ने र कहिले बढ्ने क्रम जारी भएको सुनको मूल्यमा बिहिबार तोलामा ८ सय बृद्धी भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार र बुधबार एकै रकम कायम भएको छापावाल सुनमा आज तोलामा ८ सय रुपैयाँ बृद्धी भई प्रतितोला ७३ हजार ४ सय रुपैयाँमा बिक्री बितरण भईरहेको महासंघले जनाएको छ ।
त्यसैगरी तेजावी सुनमा पनि आज तोलामा ८ सय रुपैयाँ बृद्धी भई प्रतितोला ७३ एक सय रुपैयाँमा कारोबार भईरहेको महासंले जानकारी दिएको छ ।
बिहिबार चाँदीको मूल्यमा पनि तोलामा १५ रुपैयाँ बृद्धी भएको छ । बिहिबार प्रतितोला ८ सय ८० भएको चाँदीको मूल्यमा पनि आज तोलामा १५ रुपैयाँ बृद्धी भई प्रतितोला ८ सय ९५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
सुन चाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिकरत्न शाक्यका अनुसार अहिले अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा प्रतिऔस सात डलरले बढेपछि नेपालमा पनि त्यसको असर परेको हो ।
उनका अनुसार इरान–अमेरिकाबीचको तनाव, अमेरिका–चीनबीचको व्यापार युद्ध जस्ता समस्याको ठोस समाधानका लागि उपयोगी पहल भने कतैबाट चालिएको छैन । यसले गर्दा सुन अझै बढ्न सक्ने सम्भावना रहेको छ ।
