किशोर श्रेष्ठ भन्छन्– सञ्चारमाध्यमलाई भिडियो दिएर पत्रकारीताको धर्म पूरा गरेको हुँ, पाप गरेको होइन

२०७६ भदौ ६ गते

भदौ ६, पाल्पा । प्रेस काउन्सिल नेपालका कार्यबहाक अध्यक्ष किशोर श्रेष्ठले शालिकराम पुडासैनी हत्या प्रकरणमा आफूप्रति बदलाको भावना नराख्न आग्रह गरेका छन् ।
नेपाल पत्रकार महासंघ पाल्पामा पत्रकारहरुसँगको भेटघाटका क्रममा अध्यक्ष श्रेष्ठले आफूलाई प्राप्त भएको टेलिभिजन पत्रकार शालिकराम पुडासैनीले आत्महत्याअघि खिचेको भिडियो सञ्चारमाध्यमलाई उपलब्ध गराएको विषयलाई लिएर आफूमाथि बदलाको भावना साँदिएको बताए ।
उनले उक्त भिडियो पत्रकार पुडासैनीकै परिवारले आफूलाई उपलब्ध गराएको भन्दै आफूले जस्तो पाएको त्यहीनै सञ्चारमाध्यमलाई दिएको जानकारी दिए ।
null
आफूले पाप गरेको नभई पत्रकारीताको धर्म मात्रै निर्वाह गरेको तर, कसैसँग व्यक्तिगत दुश्मनी नभएको उनको भनाई थियो ।

२०७६ भदौ ६ गते
प्रतिक्रिया
सम्बन्धित