के तपाई चियाकफी तात्तातै पिउनु हुन्छ ? सावधान हुन सक्छ क्यान्सर

 

साउन २० ।  प्राय: मानिस चिया वा कफी तात्तातै पिउन मन रुचाऊ छन् । तर यस्तो स्वभावले स्वास्थ्यलाई नोक्सान मात्र गर्छ । इन्टरनेसनल जर्नल अफ क्यान्सरले गरेको अध्ययनमा तातो कफी वा चिया पिउँदा खाद्यनलीको क्यान्सरको सम्भवाना बढ्छ । 

तातो खाँदा खाद्यनलीमा असामान्य कोशिकाहरू अनियन्त्रित रूपमा बढ्न थाल्ने हुनाले क्यान्सर बाहेक अन्य स्वास्थ्य समस्या पनि यसले निम्त्याउँछ । त्यसैले चिया वा कफी सेलाएपछि मात्र पिउने बानी बसाल्नुपर्छ । 

null

तातो खानेलाई पेट दुख्ने, कब्जियत हुने, वाक्क आउने, दिसामा रगत आउने समस्या निम्त्याउनुको साथै अल्सर पनि गराउँछ । 

धेर तातो चिया वा कफी पिउँदा रगतलाई पनि हानि गर्छ । लगातार तौल कम हुने, खाना निल्न गाह्रो हुने, छाती पोल्ने, खोकी लाग्ने र स्वर सुक्ने समस्या पनि यसबाट आउँछ । 

चियाले शरीरमा मेटाबोलिजम कम गरेर भोक मेटाइदिन्छ । अति तातो र धेरै कप चिया पिउँदा दाँतमा पहेंलो समस्या पनि देखिन्छ । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + six =