धरानको काली खोलामा भेटियो ९ फिट लामो दुर्लभ किङ कोब्रा

 

किङ काेब्रालाइ नियन्त्रणमा लिएपछि प्रदर्शन गर्दै सर्प अभियन्ता प्रेम विष्ट, तस्वीरः भरतराज शर्मा 

साउन २५, धरान । सुनसरीको धरानको काली खोलामा विश्वमैं दुर्लभ मानिँदै आएको किङ कोब्रा नामक विषालु सर्प फेला परेको छ । जसको लम्बाई ९ फिट रहेको छ । धरान १३ स्थित कालिखोलामा स्थानीय ब्यक्तिहरुले देखेपछि पत्रकार भैरब आङ्लाको सहयोगमा सर्प समाउँदै आएका उर्लाबारी, मंगलबारेका अभियन्ता प्रेम विष्टलाई खबर गरीएको थियो । 

null

भेटिएको सो सर्प किङ कोब्रा भएको विष्टले पुष्टी गरे । किङ कोब्राले एउटा गोमन सर्प खाईरहेको बेला ती ब्यक्तिहरूले देखेका थिए । सर्प खाइसकेपछि किङ कोब्राले ओकलेको थियो । 

सामान्यतय, नेपालको तराई र भित्री मधेशको वन जंगल, खेत खलियान र गाउबस्ती आसपासका क्षेत्रमा पाइने गरेको किङ कोब्रा सुनसरीको धरानमा समुद्र सतहबाट ८ सय मिटरको उचाईमा फेला परेको किङ कोब्रा पूर्वको धरानमा नै पहिलो पटक फेला परेको अभियन्ता बिष्टको दाबी छ । बिष्टले किङ कोब्राको संख्या अरु पनि हुन सक्ने बताए । बिष्टका अनुसार सामान्यतया मानिसलाई आक्रमण नगर्ने प्रकृतिको यो किङ कोब्राको वैज्ञानिक नाम अफियोफगस हान्ना हो । 

 

ग्रिक भाषाबाट आएको यो वैज्ञानिक नामको अर्थ ‘रुखमा बस्ने र सर्प खाने’ भन्ने बुझिन्छ । त्यसैले यसका प्रमुख आहारामा अन्य सर्पहरू र साना स्तनधारी प्राणी तथा चराचुरुङ्गी नै हो । खानाको चरम अभावमा यसले अन्य गोमन सर्प समेत खाने गर्दछ । यो सर्प नेपालका अतिरिक्त भारत लगायत दक्षिणपूर्व एसियामा पाइन्छ । 

किङ कोब्राले मनसुनको समयमा प्रजनन गर्नेे गर्दछ । किङ कोब्रा झट्ट हेर्दा भयङकर देखिने तथा सर्पहरु मध्ये सर्वाधिक ठूलो र विश्वमै अत्याधिक क्षमताको विष भएको सर्प हो । विष्टका अनुसार यो सर्पले मानिसलाई टोकेको १५ मिनेटमा नै ज्यान जाने गर्छ भने यसको टोकाईको औषधी समेत विरलै पाइन्छ । 

बिष्टले पक्रिएर ल्याइएको ९ फिट लामो सर्प धरान–१८ स्थित बुद्धचोकमा रहेको ह्याप्पी ग्रिन मार्ट अगाडि सर्व साधारण तथा पत्रकारहरुलाई देखाईएको थियो । साथै, सर्पका आनीबानीका बारेमा जानकारी गराईएको थियो । बिष्टले सर्पले मानीसलाई नटोक्ने गरेपनि सर्पलाई मानिसहरुले चोट पु¥याउँदा आफनो सुरक्षा स्वरुप आक्रमण गर्ने गरेको बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *