कृष्ण जन्माष्टमीमा किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान

भदौ ६, विराटनगर । मन्टेश्वरीमा माध्यामबाट वालवालिकालाई व्यहारिक र प्रयोगात्मक विधिबाट पढनपाठन गराउँदै आएको विराटनगर–१ पोखरिया स्थित किड्जी प्रीस्कुलले कृष्ण जन्माष्टमीको अवसर पारेर धर्म संस्कार र संस्कृतिका विषयमा व्यवहारिक ज्ञान दिएको छ । 

 मौसम, चाडवाड, धर्म संस्कार, समाजिक कार्य, तथा नैतिक शिक्षा लगायतका विषयमा व्यवहारिक रुपमा मन्टेश्वरी पद्धतिबाट वालवालिकालाई शिक्षा प्रदान आएको विराटनगरकै उत्कृष्ट किड्जीले श्रीकृष्ण जन्माष्टमीको विषयमा व्यवहारिक तथा प्रयोगात्मक ज्ञान दिएको हो ।   

जन्माष्टमीको अवसरमा सो प्रि स्कुलले वालवालिकालाई भगवान श्रीकष्णका विषयमा कथा सुनाउनुका साथै सोहि विषयको चलचित्र समेत देखाएको छ । द्धापर युगमा भगवान श्रीकृष्णको वाल्यकाल, उनलाई मनपर्ने खानेकुरा तथा धर्मरक्षाका लागि पुर्याएको योगदानका विषयमा श्रव्य दृष्यका माध्यमबाट जानकारी गराइएको प्रिन्सीपल सोविका पाण्डेले जानकारी दिइन् ।   

सो अबसरमा वालवालिकालाई भगवान श्रीकृष्णको पुजा अर्चना गर्न सिकाइनुका साथै भजनमा नाचगान समेत गराइएको थियो । वालवालिकाहरु भगवान श्रीकृष्ण र राधाको भेषमा सजिएका थिए । उनीहरुलाई भगवान कृष्णले गरेका लिलाका विषयमा समेत जानकारी गराइएको थियो । व्यवहारिक र प्रयोगात्मक रुपमा भगवान कृष्णकाबारेमा जानकारी गराइएपछी वालवालिका तथा उनीहरुका अभिभावक पनि उत्सुकतापूर्वक सहभागि भएका थिए ।   

यस अघि केही दिन पहिले उनिहरुलाई वर्षायामका विषय र त्यसको प्रभावका विषयमा जानकारी दिइएको थियो । त्यति मात्र नभइ उनीहरुलाई खेती मार्फत कसरी अन्न उत्पादन हुन्छ र कसरी हामीले उपभोग गछौँ भनेर खेतमै लगेर समेत देखाइएको थियो । 

सो वेला पानि नपरेर धान रोपाईँ हुन नसकेको वालवालिकाले पानि पर्नका लागि प्रार्थना समेत गरेका थिए । सो प्री स्कुलले जुनसुकै चाडवाड, धर्म संस्कृति, रिति रिवाज, दिवस, मौसम, सामाजिक कार्य लगायत सवै विषयमा वालवालिकालाई वालमैत्री वातावरणमा मनोरन्जनात्मक तरिकाले व्यहारिक र प्रयोगात्मक ज्ञान दिँदै आएको प्रिन्सीपल पाण्डेको भनाइ छ । 

 यस्ता कार्यक्रमहरु मासिकरुपमा नियमित हुँदै आएको उनले जानकारी दिइन् । ४ वर्ष अघी देखि सञ्चालनमा आइएको र नर्सरीदेखी २ कक्षा सम्म पढाइहुने किड्जी अभिभावकहरुको पहिलो रोजाइ बन्दै आएको छ ।   

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *