झापामा मोटरसाइकल दुर्घटनामा पैदलयात्रुको मृत्यु

 

साउन २६, झापा । गएराती झापामा मोटरसाइकल दुर्घटना हुँदा एक पैदययात्रुको मृत्यु भएको छ भने मोटससाइकल चालक र मोटरसाइकलमा सवार व्यक्ति घाईते भएका छन् । 

मृत्यु हुनेमा पैदय यात्रु स्थानीय ३५ बर्षीय कुमार भन्ने डम्बर बहादुर तामाङ रहेको प्रहरीले जनाएको छ । 

null

शनिबार साँझ ७ बजेको समयमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे ७ प ४१३७ नम्बरको मोटरसाईकलले पैदलयात्रु तामाङलाई ठक्कर दिंदा तामाङ लगायत मोटससाइकल चालक र मोटरसाइकलमा सवार अर्का एक व्यक्ति घाईते भएका थिए । 

मोटरसाईकलको ठक्करबाट गम्भिर घाइते भएका तामाङको उपचारको क्रममा बि एण्ड सी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो भने घाईते मोटरसाइकल चालक बिर्तामोड ३ का ४५ बर्षीय देवबन्धु उप्रेती र अर्का १३ बर्षीय बालक राकेश ठाकुरको सोही अस्पतालमा उपचारत रहेको प्रहरीले जनाएको छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *