आफ्नै स्रोत र जनशक्ति प्रयोग गर्दै तरुणदल डेंगु नियन्त्रणमा

 

साउन १८, धरान । नेपाल तरुण दल सुनसरी डेंगु नियन्त्रण कार्यमा  लागि परेका छन् । 

आफ्नै स्रोत तथा जनशक्तिको परिचालन गर्दै आज ईटहरी उपमहानगरपालिका वडा नम्बर ३ मा डेंगु नियन्त्रण औषधि छर्किएर डेंगु नियन्त्रण कार्यमा लागि परेका हुन् । 

null

प्रदेश १ को धरानबाट डेंगुको संक्रमण फैलिई अहिले सम्म हजारौं व्यक्ती डेंगुबाट ग्रसित भएको र केही व्यक्तिहरुको मृत्यु समेत भएको हुनाले यस प्राणघातक रोगलाई फैलिन नदिन नेपाल तरुण दल सुनसरी डेंगु नियन्त्रण गर्ने कार्यतर्फ अघी बढेकाे हाे । 

यसअघि पनि नेपाल तरुण दल सुनसरीले इटहरीको वडा नम्बर २० मा डेंगुको औषधि छर्किएर डेंगु नियन्त्रण गर्ने कार्यमा जुटेका थिए । 

तरुण दल सुनसरीले डेंगुको औषधि छर्कन थालेपछी इटहरी उपमहानगरपालिकाले पनि डेंगु नियन्त्रणका लागि औषधि छर्कने बताए पनि इटहरीका पुरै वडामा औषधि छिट्ने कार्य नभएपछी पुन आफुहरु डेगुको औषधि छर्न लागिपरेको तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङ्गले बताएका छन् । 

यसैक्रममा भोलि आईतवार अपरान्ह ४ बजे पछी इटहरीको वडा नं ५ मा डेंगुको औषधि छर्कने कार्यक्रम रहेको नेपाल तरुण दल सुनसरीले जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *