झापाको हलदीबारीमा सनराइज बैंकको ३८ औं शाखारहित बैंकिङ्ग सेवा

साउन २१, काठमाडौं । सनराइज बैंक लिमिटेडले झापाको हलदीबारीमा आफ्नो ३८ औँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ बैंकले झापाको हलदीबारी गाउँपालिका वडा नं २, मा ३८ औं शाखारहित बैंकिङ्ग सेवाको सुरmवात गरेको हो ।
null
हलदीबारी गाउँपालिकाको अध्यक्ष रबिन्द्र लिङ्घदेन र बैंकको प्रादेशिक कार्यालय १ प्रमुख विवेक कुमार निरौलाले एक समारोहका बीच बैंकिङ्ग सेवाको उद्घाटन गरे ।
सो समारोहमा हलदीबारी गाउँपालिकाको अध्यक्ष रबिन्द्र लिङ्घदेनले शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट÷प्रतिनिधि सर्बधन तामाङ्घलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरे ।
हालसम्म सनराइज बैंकले ११५ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन काउण्टर र १३३ वटा ए.टि.एम मार्फत् आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।








