राष्ट्रपतिद्वारा पाटनकाे कृष्ण मन्दिरमा प्रसाद ग्रहण

भाद्र ६, काठमाडौँ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा प्रसाद ग्रहण गरेकी छिन् ।   

राष्टपति भण्डारीले श्रीकृष्ण जन्माष्टमी पर्वको उपलक्ष्यमा पाटको कृष्ण मन्दिमा  सवारी भई भगवान श्रीकृष्णकाे प्रसाद ग्रहण गरेपछी पुजारीलाई  दक्षिणा समेत दिएकी छिन् । 

शुक्रबार उनले   कृष्ण  मन्दिरभित्र प्रवेश नगरिकनै पुजारीबाट फूल प्रसाद ग्रहण गरि फर्किएकी हुन् ।  राष्ट्रपतिको सवारीका क्रममा ललितपुर क्षेत्रको सुरक्षा व्यवस्था कडा पार्नुका साथै दर्शनार्थीहरुलाई पनि केही समय मन्दिरमा प्रवेश गर्न निषेध गरिएको थियो ।   

कृष्ण मन्दिरमा राष्ट्रपति भण्डारीले प्रसाद ग्रहण गरेर दिइन दक्षिणा (फाेटाे फिचर)

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले राष्ट्रपति भण्डारीलाई स्वागत गरेका थिए ।  पाटनको प्रसिद्ध कृषण् मन्दिरमा आज बिहानैदेखि भक्तजनहरूको निकै भीडभाड् रहेको छ । उनीहरूले पूजा–आजासहित कृष्ण भजन गाएर उत्सव उत्सव मनाइरहेका छन् । 

श्रीकृष्ण जन्माष्टमी पर्व भगवान श्रीकृष्णको पूजा आराधना गरि मुलुकभर मनाईने चलन रहेको छ ।  अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले विष्णुले मानव अवतारका रुपमा श्रीकृष्ण भई धर्तीमा अवतरण गरेको किम्बदन्ती छ । 

आजको दिन ब्रत बस्ने ब्रतालुले राति कृष्ण जन्मिएको सम्झनामा पूजाआजा गरी रातभर जाग्राम बसेर नाचगान गर्ने र कृष्णको भक्तिसंगीत गाउँने गरिन्छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *