राप्तीका रजिष्ट्रारमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गरियोस्ः कांग्रेस सांसद

  

भाद्र १२, काठमाडौं । पदाधिकारीको विवाद र अर्कमन्यताका कारण धरासायी बन्दै गएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङका रजिष्ट्रार रामप्रसाद प्याकुरेललाई दुर्ब्यहार गर्नेमाथि कारबाही गर्न कांग्रेस सांसदले माग गरेकी छिन् । बिहिबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सांसद पुष्पा भुसालले रजिष्ट्रार माथि दुर्ब्यहार गर्नेलाई कारवाही गर्न माग गरेकी हुन् ।   

प्रतिष्ठान बचाउ अभियानका प्रतिनिधिहरुले रजिष्ट्रार प्याकुरेललमाथि बुधबार कार्यकक्षमै दुर्ब्यहार भएको थियो । आजको संसदमा सोही विषयबारे बोल्दै कांग्रेस संसदीय दलकी सचेतक समेत रहेकी भुसालले दोषीलाई कानुनी कठघरामा ल्याउन माग गरिन् ।   

‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भदौ ११ गते रजिष्ट्रारलाई हातपात गरेर अप्ठ्यारो स्थिति सिर्जना गरिएको छ । किटानी जाहेरी गरिएपनि कानुनी कारबाहीको कठघरामा ल्याउन त्यहाँको प्रहरीले सकेको छैन । म ध्यानाकर्षण गराउन चाहन्छ,’ संसदमा उनले भनिन् । 

सांसद भुसालले वैधानिक ढंगबाट नियुक्त भएको व्यक्तिलाई भय सिर्जना गरेर राजीनामा दिन बाध्य गारउन खोजिएको भन्दै यस्ता कार्य बन्द गराउन माग गरिन् । प्रतिष्ठानका पदाधिकारीहरु कांग्रेसले नियुक्त गरेको नाममा अहिले सुत्केरी भत्तासमेत कटौती गरिएको भन्दै उनले सहयोग रोकेर सरकारले जनताको स्वास्थ्य माथी खेलवाड समेत गरेको आरोप लगाइन् ।   

पछिल्लो केहि महिना यता राप्ती प्रतिष्ठान अस्तब्यस्त छ । पदाधिकारी खासगरी उपकुलपति डा. संगीता भण्डारी र रजिष्ट्रार रामप्रसाद प्याकुरेलको हुकुमी शासन र भ्रष्टाचारका कारण प्रतिष्ठानमा कार्यरत चिकित्सक तथा कर्मचारीले धमाधम राजीनामा दिइरहेका छन् । यस अघि सरकारले नै नियुक्त गरेका शिक्षाध्यक्ष डा. रतिन्द्र श्रेष्ठले उपकुलपतिका कारण काम गर्न सक्ने वातावरण नभएको भन्दै राजीनामा दिएका थिए । त्यसपछि प्रतिष्ठानकी डीनले पनि उपकुलपतिकै कारण राजीनामा दिनुपरेको बताउँदै बाहिरीएकी थिइन् ।   

बर्तमान शिक्षाध्यक्ष डा. वीएन यादवले समेत उपकुलपतिको जहानीया र हुकुमी शैलीका कारण काम गर्न सक्ने अवस्था नरहेको भन्दै सार्वजनीक अभिब्यक्ति दिइसकेका छन् । प्रतिष्ठानले खरिद गर्नेगरेको उपकरणमा सप्लायर्ससँगको मिलेमतोमा उपकुलपतिले करोडौं घोटाला गरेको, नीति नियमभन्दा बाहिर गएर काम गरेको भन्दै सरकारबाट गठीत तीन वटा समितिले त्यसको दोष उपकुलपतिलाई नै देखाउँदै कारवाही गर्न सिफारिस गरेपनि उपकुलपति संगीता भण्डारीलाई कारवाही हुन सकेको छैन ।   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *