माछा खान जति मिठो त्यती नै स्वास्थ्यलाई फाईदा

साउन २८ । माछा एउटा माशाहारी भोजन हो । यो निकै स्वादिष्ट माशाहारी भोजन हो । माछा खान नरुचाउने सायदै कमै व्यक्ति होला । माछा वर्षैभरी खान मिल्ने र सहज रुपमा सरिरले पचाउने खाना हो ।
हरेक मानिसले सरिरको स्वस्थ्यताको लागि वार्षिक २८ किलो माछामासु उपभोग गर्नुपर्ने विश्व स्वास्थ्य संगठन (WHO) को मापदण्ड रहेको छ । यो खानामा जति मिठो हुन्छ त्यती नै यसले हाम्रो स्वास्थ्यमा फाईदा गर्ने गर्दछ । यसले हाम्रो स्वास्थ्यमा के–के फाईदा गर्छ तल बताईएको छ ।
null
– दिनहुँ माछाको सेवन गर्नाले तौल घटाउनका साथै तपाइको दिमाग पनि तेजिलो बनाउँदछ ।
– माछाको सेवन गर्नाले पनि क्यान्सर हुनबाट बचाउँदछ ।
– यदि तपाईँमा कलेजो सम्बन्धी कुनै किसिमको समस्या छ भने पनि माछाको सेवन गर्ने बानी बसाल्नुहोस् ।– माछाको सेवन गर्नाले अत्यन्त मिठो निन्द्रा लाग्नका साथै तनावबाट पनि छुटकारा दिलाउँदछ ।– यदि तपाईँ निराश हुनु हुन्छ भने पनि नियमित माछा खाने बानी बसल्नुहोस यसले तपाइलाइ निराशबाट मुक्त गर्छ ।
– एउटा उमेर पछि मानिसको आँखा स्वतः कमजोर हुँदै जान्छ । तर माछाको सेवन गर्ने मानिसहरुमा दृष्टि कमजोर हुने समस्या घटेर जान्छ ।
– ग्रीनल्याण्डमा धेरै माछा खानेमा गरिएको अध्ययनबाट अधिकाश मान्छेमा जोर्नी सम्बन्धी रोग कम लाग्ने गरेको पाइयो । त्यसैले हाडजोर्नीको सुरक्षाको लागि समेत यो उपयोगी हुने देखिएको छ ।









