नेपाली बजारमा टाटा एच फाइभको बुकिङ्ग खुल्ला

भाद्र ५, काठमाडौं । टाटा मोटर्सको चर्चित प्रिमियम एसयूभी टाटा एच फाइभको नेपाली बजारमा बुकिङ्ग खुल्ला गरेको छ । आजदेखि नेपालका लागि टाटा मोर्टसको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा. लि.ले नेपालमा टाटा एच पफाइभको बुकिङ खुल्ला गरेको हो ।   

सिप्रदीका अनुसार भाद्र १० गतेबाट भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आयोजना हुने १४औं संस्करणको नाडा अटो शोमा टाटा एच फाइभ पहिलो पटक नेपाली बजारमा सार्वजनिक हुँदैछ ।   

भारतमा टाटा ह्यारियर पनि भनेर चिनिने टाटा एच फाइभ बुकिङ गर्नका लागि २५ हजार रुपैयाँ जम्मा गराउनुपर्ने हुनेछ । साथै सिप्रदीले ग्राहकहरूलाई टाटा एच फाइभ मन परेन भने १२० प्रतिशत बुकिङ्ग रिफन्ड गर्ने जनाएको छ ।   

क्रियोटेक २.० लिटर टर्बाे डिजेल इन्जिनयुक्त टाटा एच फाइभ भारतीय बजारमा निकै चर्चित छ । एच फाइभमा रहेको इन्जिनले १३८ बिएच पावर र ३५० एनएम टर्क जेनेरेट गर्छ । टाटा एच फाइभ ल्यान्डरोवरको ओमेगा डि एट प्लेटफर्ममा निर्माण गरिएको गाडी हो ।   

आकर्षक रहेको टाटा एच फाइभमा पुश बटन स्टार्ट–स्टप, सेमी-डिजिटल इन्स्टुरूमेन्ट कन्सोल, मल्टी फङ्गसनल स्टेरिङ, हाइट अजस्टेबल ड्राइभर सीट, अटो क्लाइमेट कन्ट्रोल जस्ता विशेषताहरू रहेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *