राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बासडरमा मिस नेपाल अनुष्का नियुक्त

भदौ २, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ब्राण्ड एम्बासडरमा मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ नियुक्त भएकी छिन् ।   

बैंकको सेवा प्रवद्र्धनका लागि सोमबार सिंहदरबारस्थित बैंकको केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रमका बिच ब्राण्ड एम्बासडरमा अनुष्कालाई नियुक्त गरिएको हो ।   

राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजरका बिच भएको सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र हिडनका तर्फबाट अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतीले हस्ताक्षर गरे ।   

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंक अन्य बैंकहरुसँग प्रतिस्पर्धा गर्दै अघि बढिरहेको र आगामी दिनमा यसको सेवालाई अझ विस्तार गर्दै लैजाने क्रममा आफ्नो व्यवसायलाई प्रवद्र्धन गर्नको लागि बैंकले आफ्नो ब्राण्ड एम्बासडरमा मिस नेपाल अनुष्कालाई नियुक्त गरिएको बताए ।   

यस्तै हिडन ट्रेजरका अध्यक्ष कक्षपतीले सरकारी बैंकसँगको यस्तो सम्झौताले सरकारी संस्थाप्रति नीजि क्षेत्रको गुनासो कम हुँदै जाने र बैंकले नयाँ पुस्तामा समेत आफ्नो उपस्थिति सशक्त बनाउने विश्वास व्यक्त गरे ।   

यसैगरी कार्यक्रममा मिस नेपाल अनुष्काले आफू सरकारी स्वामित्वमा रहेको बाणिज्य बैंकको ब्रान्ड एम्बासडर हुन पाउँदा अत्यन्त खुशी लागको बताइन् । साथै उनले महिला शसक्तिकरण र बैंकको प्रचारमा पनि लागि पर्ने विश्वास दिलाइन् ।   

बैंकले गत आर्थिक वर्ष २०७५/७६ मा ५ अर्ब ३२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको कार्यक्रममा जानकारी दिइएको छ । यस अवधिमा बैंकको निक्षेप १ खर्ब ९० अर्ब रुपैयाँ, कर्जा १ खर्ब ४४ अर्ब रुपैयाँ र बेस रेट ५.५ प्रतिशत रहेको छ ।   

बैंकले हाल देशैभर २२२ वटा शाखा कार्यालय, १७५ वटा एटिएम र ९३ वटा शाखारहित बैंकिङमार्फत् सेवा दिँदै आएको छ ।   

बैंकले बैंकिङ्ग क्षेत्रको विस्तार, वित्तिय पहुँचको लागि वित्तिय साक्षरता, बैंकलाई प्रतिस्पर्धी बनाएर युवाहरु लक्षित बैंकिङ्ग कारोबार सञ्चालन, प्राथमिकता क्षेत्र तथा विपन्न वर्गमा कर्जा प्रवाह गर्दै नेपाल सरकारको नीति तथा कार्यक्रमलाई सघाउ पुग्ने गरी सेवाहरु प्रवाह गरिरहेको कार्यक्रम सञ्चालक ईश्वर उप्रेतीले जानकारी दिए ।   

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *