बलात्कारका आरोपी जेलबाटै भागे
२०७६ साउन ३२ गते

साउन ३१, जनकपुर । शुक्रबार दिउँसो बलात्कारको आरोपमा पक्राउ परेका एक अभिुयुक्त जेलबाटै फरार भएको छ ।
सिरहाका २० वर्षीय राममनी यादव बयानको लागि अपराध अनुसन्धान शाखामा लगिरहेको अवस्थामा प्रहरीको आँखा छली फरार भएको धनुषाका प्रमुख प्रहरी उपरिक्षक शेखर खनालले जानकारी दिएका छन्
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पक्राउ परेका यादवलाई अनुसन्धानको क्रममा नियन्त्रणमा लिएको थियो।

हाल फरार रहेका यादवको खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ ।
२०७६ साउन ३२ गते
प्रतिक्रिया
सम्बन्धित








