आज साउन १६ गते, यस्तो छ आजको तपाईको राशिफल

वि.सं.२०७६ साल साउन १६ गते । बिहीबार । ईश्वी सन् २०१९ अगष्ट ०१ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । श्रावण कृष्णपक्ष । तिथि औंशी,०८ घडी ३२ पला ,बिहान ०८ बजेर ५२ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र तिष्य,२० घडी ०३ पला,दिउसो ०१ बजेर २८ मिनेट उप्रान्त अष्लेषा । योग सिद्धि,३० घडी ०६ पला,बेलुकी ०५ बजेर ३० मिनेट उप्रान्त व्यातिपात । करण नाग,बिहान ०८ बजेर ५२ मिनेट उप्रान्त किंस्तुध्न,बेलुकी ०७ बजेर ४६ मिनेट उप्रान्त बव । आनन्दादिमा शुभ योग । चन्द्रराशि कर्कट । काठमाडौंमा सूर्योदय ०५ बजेर २७ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५१ मिनेट । दिनमान ३३ घडी ३१ पला । स्नान–दान गर्ने र हलो बार्ने औंसी। 

  

 

null

  

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- राजनिति तथा सामाजिक काममा समय दिएपनि न्यून उपलब्धिमा चित्त बुझाउँनु पर्नेछ । व्यापार व्यावसायमा भनेजस्तो नाँफा नभएपनि कृषि तथा पशुपालन व्यावसायबाट भने मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाई लेखाईमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ । आमा तथा परिवारका सदस्यहरुसँग मनमुटाब सिर्जना हुनेछ । माया प्रेममा धोका हुनेछ । 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- आट,साहस तथा पराक्रममा बृद्धि हुनेछ भने पुरुषार्थले अधिकार स्थापित गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रबिधिको प्रयोग गरि आफ्ना भनाईहरु जनमानसमा लैजान सकिनेछ । पढ्ने लेख्ने काममा मन जाने हुनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समय फलदायि रहेकोछ । 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) :- बोल्ने कुरामा ध्यान नजादा आलोचनाको शिकार होईनेछ । कार्यक्षेत्रका कुरा काट्ने तथा खुट्टा तान्नेहरु सक्रिय हुनेछन् । खानपानमा ध्यान दिनुहोला समय मध्यमय रहेकोछ । कुटुम्ब तथा आफन्तसँग घरायसि कुरामा राय बाजिनेछ । व्यापारमा मन्दि आउँनेछ । प्रेममा अबिश्वास सिर्जना हुनेछ । गित संगितको क्षेत्रमा लाग्नेहरुका लागि समयले साथ दिनेछ । 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- पढाई लेखाईमा मनजाने तथा भनेजस्तो सफलता हात पार्न सकिनेछ । भौतिक सम्पति तथा शुन्दर पहिरनले व्याक्तित्वमा निखारता ल्याउँन सकिनेछ । राजनितिमा लाग्नेहरुका लागि समय उत्तम रहेकोले नाम तथा ईज्जत प्रतिष्ठा कमाउँन सकिनेछ । व्यापारमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । पुराना कमिकमजोरीहरु सुधार्दै जिवन शैलिमा परिवर्तन गर्न सकिनेछ । 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- खर्च बढेपनि उपलव्धिमुलक कामहरु हुँनेछन् । लामो दुरिको विदेश यात्राको अधिक सम्भावना रहेको छ । विदेशि सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ भने विदेशमा बसेर धन कमाउँन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । समयमा कामहरु फत्ते गरि नाम तथा दाम दुबै कमाउँन सकिनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- पढाई लेखाईमा ध्यान केन्द्रित हुदा उत्कृष्ट नजिता हात पार्न सकिनेछ । प्रबिधिको प्रयोग गरि रचानात्मक कार्य गर्न सकिनेछ । पैत्रिक धनको प्रयोग मार्फत व्यावसाय गरि रोजगारिको अवसर सिर्जना गर्न सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । जमघटमा मिष्टान्न भोजन ग्रहण गर्न सकिनेछ । 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- आफुलाई मनपर्ने वा रुचिको बिषय अध्ययन गरि बौद्धिकताको स्तर फराकिलो बनाउँन सकिनेछ । राजनितिज्ञ तथा बिशिष्ट व्याक्तित्वहरुको संगतले राम्रा काम गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । पुरुषार्थि काम गरि लक्ष्य पहिल्याउँन सकिनेछ । प्रेममा नजिक हुन सकिनेछ । 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू):- कार्यक्षेत्रमा केहि कमि कमजोरी बाहिरिनाले ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । आध्यात्मिक क्षेत्रमा चासो बढ्नेछ भने धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । पढाई लेखाईमा आफ्नै कमजोरिले नतिजा अरुतिरै जानेछ । सरकारि तथा प्रशासनिक काममा ढिला सुस्तिको कारणले अन्य काम प्रभावित हुनेछन् । व्यापारमा मन्दि आउँनेछ । 

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- खानपान तथा मौषमको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढ्नेछ । धेरै समय दिएमात्र व्यापार व्यावसायमा आम्दानि गर्न सकिनेछ । सामाजिक काममा समय दिन नसकिने हुनाले जिम्मेवारी बहन नगर्नुनै ठिक हुनेछ । अध्ययनमा मन नजानाले नतिजा अरुकै पोल्टोमा पर्नेछ । प्रेममा धोका हुनेछ । भौतिक सम्पति प्रयोग गर्दा ध्यान दिनुहोला । 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- मायाप्रेममा नजिक हुन सकिने तथा मन मिल्ने साथी भेटिनेछ । व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने भौतिक सम्पति तथा बिलाशी बस्तु उपाहारको रुपमा प्राप्त हुनेछ । अध्ययनमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ भने लामो दुरिको यात्रा हुनेछ । परिवारका साथ रमाईलो जमघटमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- उपहार तथा भौतिक सम्पति हातलागि हुने योग रहेकोछ । अध्ययनमा मन जाने तथा अध्ययनकै सवालमा यात्रा हुनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यापारबाट भनेजस्तो आम्दानि हुनेछ । नोकरिमा हुने प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउँनेछ । मामा तथा मावली पक्षबाट भनेजस्तो सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ । प्रेमको गाठो कसिनेछ । 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :– पढाई लेखाईमा कमजोर नतिजा आउँने हुनाले ईष्टमित्र भन्दा पछि परिनेछ । समय तथा प्रबिधिको गतिलाई पछ्याउन नसक्दा प्रतिष्पर्धिहरुनै हावि हुनेछन् । खानपानमा ध्यान दिनुहोला पेट सम्बन्धि समस्या आउँन सक्छ । भौतिक सम्पति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । प्रेममा अबिश्वास सिर्जना हुनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *