सांग्रिला बैंक र सिप्रदी ट्रेडिङ्ग बिच कर्जा सेवा सम्झौता

भदौ ९, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ्ग प्रालिबिच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।   

एक कार्यक्रमका बिच सांग्रिला बैंक र सिप्रदीको सो सम्बन्धी सम्झौता पत्रमा बैंकको तर्फबाट सहायक महाप्रबन्धक रजित मास्के र सिप्रदीको तर्फबाट उक्त कम्पनीका महाप्रबन्धक अनुप मणि ढकालले हस्ताक्षर गरे ।   

आफ्ना ग्राहकहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिँदै आएको सांग्रिला बैंकको उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले भारतको प्रसिद्ध टाटा (त्ब्त्ब्) कम्पनी ब्राण्डको आधिकारीक बिक्रेता सिप्रदीबाट नयाँ गाडी खरीद गर्न चाहेमा सम्झौता अनुसार कर्जा सम्बन्धि सेवा बैंकका शाखा कार्यालयहरुबाट प्राप्त गर्न सक्नेछन् ।   

भृकुटीमण्डपमा भाद्र १० देखि १५ गते सम्म हुने ल्ब्म्ब् अटो शोमा बैकको स्टल न भ्द्दण् बाट थप जानकारी पाउन सक्ने बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले जानकारी दिए । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *