मोटोपन देखी चिन्तामा हुनुहुन्छ ? स्लिम बन्न यसो गर्नुस

भाद्र ४, काठमाडौँ । मोटो र भद्दा शरिर कसैलाई पनि मन पर्दैन । जसले पनी आफ्नो शरिर स्लिम र मिलेको होस भन्ने चाहन्छन् । मोटोपनले हाम्रो सौन्दर्य त बिगार्छ नै यसको साथ साथै शरिर धेरै मोटो भयो भने हामीलाई बिभिन्न प्रकारको रोगहरु पनि  लाग्न सक्छ ।   

कहिले काही त यही मोटो शरिरको कारण हामी अरुको अगाडी लज्जित बन्नु पर्ने अवस्था आउँछ । हामीले मोटोपनबाट छुटकारा पाउँन फिटनेशमा पनि ध्यान दिनु पर्ने  छ । तल दिए जस्तै आफ्नो फिटनेशमा ध्यान दिई स्लिम बननुहोस् ।   

– बिहान होस् अथवा साँझ, हरेक दिन हिँड्नु पर्छ । त्यसरी हिँड्दा कसैसँग कुरा गर्नु हुँदैन । कम्तीमा २५ मिनेटसम्म लगातार हिंड्नुपर्छ । एक किलोमिटर हिँड्नका लागि १० मिनेटभन्दा बढी समय लगाउनु हुँदैन । 

– हरेक दिन एकै स्थानमा हिँड्नु हुँदैन । 

– एकै पटक ३० मिनेटसम्म व्यायाम गर्ने समय छैन भने दिनको तीन पटक १०–१० मिनेटका दरले व्यायाम गर्न सकिन्छ । 

– हरेक दिन एकै प्रकारको व्यायाम गर्ने हो भने त्यसबाट शरीरले फाइदा पाउँछ । यद्यपि, त्यसले तौलमा भने फरक पार्दैन । त्यसैले तौल नै घटाउन मन भए जिमशाला नै धाउनु पर्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *